काठमाडौ । औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायतका पछिल्ला विषयमा मजदुरहरु सरकारप्रति रुष्ट बनेका छन् । नेकपा (एमाले) अन्तर्गतको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्टले मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुर मारा गतिबिधि अगाडि बढाउने कसैलाई नछोड्ने भन्दै यसको बिरोधमा आगामी मे १ देखि आन्दोलन गर्ने र त्यसका लागि तयार रहन १५ लाख मजदुरलाई तयार रहन निर्देशन दिएको छ ।
प्रदेश संगठन कमिटी नं ३ को आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमालले प्रदेश ३ बाट प्रतिनिधित्व गरेका ३ सय २० प्रतिष्ठानका अध्यक्ष र प्रतिनिधिहरुसमक्ष सरकार र व्यवसायीसँगको सम्बन्ध छिनोफानो गर्नेगरि मजदुर आन्दोलनमा जुट्न निर्देशन दिएका हुन् ।
उनले. भने,, ʽअब हामी आगामी दिनमा कार्यथलोको नक्साङ्कन गर्छाैं । कहाँ–कहाँ के –के छन् ? क–कसले के–के गर्छन् ? दूधका दूध पानीका पानी छुट्याउने बेला आएको छ । तपाईहरु जहाँ काम गर्नुहुन्छ । हामीले अब रेकर्ड राख्ने छौं । आगामी मे दिवस मनाउँदा हामीले जे तथ्य प्राप्त गर्छाैं त्यो तथ्यको आधारमा व्यवसायीसित के व्यवहार गर्ने ? र सरकारसित के व्यवहार गर्ने भन्ने बारेमा छिनोफानो हुनेछ । ʼ
सबै ट्रेड युनियन संगठनसँग मिलेर आन्दोलनको हुन्डरी मच्चाउने तयनरी भईरहेको जानकारी दिंदै उनले भने, ʽछिनोफानो जिफन्ट एक्लैले गर्नेछैन । नेपालमा रहेका सबै ट्रेड युनियनहरुलाई साथमा लिएर गरिनेछ । नेपालमा श्रम आन्दोलनको लागि आवश्यक पर्छ भने हुण्डरी मच्चाउन क्षमता राख्छौं । त्यो गरिनेछ ।ʼ
मे 1 देखी आन्दोनलका लागि तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन
२०७३ कार्तिक २२, सोमबार

प्रतिक्रिया