वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लोकमानले देशमा मच्चाएको आतंक वन्द गर्न महाअभियोग लगाइयो : उर्जामन्त्री शर्मा ।

अर्थटुडे
२०७३ कार्तिक २३, मंगलवार

दाङ । उर्जामन्त्री जनर्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित लोकमान कार्कीले देशमा आतंक मच्चाउन खोजेकाले उनका विरुद्ध महाअभियोग लगाएको बताएका छन् ।
रिपोटर्स क्लव दाङले मंगलवार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्वोधन गर्दै उनले अरबौं भ्रष्टाचार गर्नेहरुको नेतृत्व गर्ने निलम्बति अख्तियार प्रमुख लोकमान कार्कीले देशमा विधि र शासन नमानेर आतंक मच्चाउन खोजेकाले तत्काल निलम्बन गरेर उनका विरुद्ध महाअभियोग लगाएको प्रष्ट पारे ।
उनले भ्रष्टचार न्युनिकरण गरेजस्तो गरेर आफै भ्रष्टाचार गरेर अकुत सम्पति कमाएको पनि आरोप लगाए । संसद र सर्वोच्च अदालतलाई नटेर्ने कार्कीको राज्यआतंक बन्द गरेर लोकतन्त्र बाहाली गरेको उर्जामन्त्री शर्माको भनाइ छ ।
‘अराबौं राजश्व कहाँ गयो ? सबै लोकमानको पोल्टामा गयो , मुख्य सचिवले फायल हरायो भन्नुको कारण केहो ? अख्तियारको दुरुपयोग गरेर भ्रष्टाचरी, कमीसनखोर र दलालको नेतृत्व गर्नेलाई बचाउनु सहि थियो ?’ उनले भने अख्तियारलाइ खारेज गरेको होइन लोकमानलाई हो । उनले लोकमान प्रकरणले भूकम्पको समयमा एक भएका दलहरुलाई फेरि एक ठाँउमा ल्याएको दाबी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ