काठमाडौं । नगरपालिकाको स्वीकृत बिना नै निर्माण थालिएको भन्दै भक्तपुर नगरपालिकाले भाटभटेनी कम्प्लेक्सको निर्माणाधीन भवन निर्माणमा रोक लगाएको छ । भवननिर्माण गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड समेत पुरा नगरी निर्माण थालिएको भन्दै नगरपालिकाले भाटभटेनी हाईपर मार्केट प्रा.लिले थालेको निर्माणमा रोक लगाएको हो ।
मध्यपुरथिमि नगरपालिका–८ र ११ मा को कित्ता नम्बर ४७८ र ५ को ५ हजार ७५६ वर्ग्मिटर क्षेत्रफलमा निर्माण भईरहेको सो भवन निर्माण कार्य रोकेर शिलबन्दी गरेको नगरपालिकाले जनाएको छ । ‘नक्सा पास गराउनुभन्दा पहिले गराउनुपर्ने सरजिमिन समेत नभएको नगरपालिकाको दावी छ । जनताको प्रत्यक्ष संलग्न रहने भवन बनाउँदा भौगोलिक अवस्था, माटोको परिक्षण तथा भौगर्भिक परिक्षणको पास नगरपालिकाले स्वीकृति गराउनुपर्छ ।’ निर्माण थालेपछि नगरपालिकाले असोज ६ गते निर्माण रोक्नका लागि पत्र पठाएपनि सम्वन्धित पक्षले अटेर गरेको नगरपालिकाले जनाएको छ । यता भाटभटेनी हाइपर प्रालिले भने नक्सा पास गर्न नगरपालिकाले ढिलाई गरेकोले निर्माण सुरु गरेको हो ।
निर्माणाधिन भाटभटेनी सुपर मार्केटको भवन निर्माण कार्य रोकियो, नगरपालिकाद्धारा सिलबन्दी
२०७३ कार्तिक २३, मंगलवार
प्रतिक्रिया