वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरएमडीसी र युकेएड सक्षमविच ३४ जिल्लामा वित्तिय पहुँच पुर्याउन सम्झौता

अर्थटुडे
२०७३ कार्तिक २५, बिहीबार

काठमाडौं । ३४ जिल्लामा विपन्न समुदायहरूमा वित्तिय पहुँच र्पुयाउने गरी रुरल माइक्रोफाइनान्स डेभेलपमेण्ट सेण्टर (आरएमडिसी) र बेलायती यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच सम्झौता भएको छ ।
साझेदारीले ग्रामीण लघुवित्त विकास केन्द्रलाई कोहलपुर र इटहरीमा शाखा कार्यालय खोल्न मद्दत गर्नेछ । जसमार्फत सक्षमका कार्यक्रम भएका जिल्लाहरूमा भएका करिब ९० लघुवित्त संस्थाहरू सम्म पुग्न मद्दत पुग्नेछ ।
यूकेएड सक्षमको सहायतामार्फत आरएमडिसीले देशका ग्रामीण लघुवित्त संस्थाहरूसम्मको पहुँच अभिवृद्धि गर्नका लागि आफ्नो “इन्हृयान्स इन्क्लुसिभ फाइनान्सियल फ्रन्टिएर टु द पुअर”नामको कार्यक्रम प्रारम्भ गर्नेछ ।
यूकेएड सक्षमको सहयोगमार्फत आरएमडिसीका प्रस्तावित शाखाहरूले लघुवित्त संस्थाहरूको क्षमता विकास गर्न र थोक कर्जा प्रदानगर्नका लागि वितरण प्रणालीको रूपमा पनि काम गर्नेछन् । आरएमडिसीले उक्त लघु वित्त सस्थाहरूलाई वित्तीय साक्षरता प्रदान गर्नका लागि विभिन्न स्रोत तथा साधनहरू पनि प्रदान गर्नेछ ।
कार्यक्रममा बोल्दै आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले भने, “नेपालको ग्रामीण भेगमा वित्तीय सेवा प्रदान गर्नमा लघु वित्त संस्थाहरू र थोक कर्जाले महत्वपूर्ण भूमिका खेलेका छन् । ग्रामीण जनसंख्याको आवश्यकता पूरा गर्न र वित्तीय सेवामा रहेको कमी पूरा गर्नका लागिआफ्नो भरपूर प्रयास गर्न ग्रामीण लघुवित्त विकास केन्द्र कटिवद्ध छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ