वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकले छैठौ बार्षिकोत्सवको अवसरमा गरिव तथा जेहेहन्दारलाई छात्रबृत्ति दिने

अर्थटुडे
२०७३ मंसिर १२, आईतवार

काठमार्डौं । सिभिल बैंकले देशका २५ स्थानबाट गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति दिने जनाएको छ । बैंकले आफ्नो छैठौ वार्षिकोत्सवको अवसर पारेर छात्रबृत्ति दिने जनाएको हो । त्यस्तै बैंकले बार्षिकोत्सको अवसर पारेर वित्तिय साक्षरताको लागि प्रभातफेरीे आयोजना गरेको छ साथै बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम पनि गरेको छ ।

१ हप्तासम्म देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरताका चेतना मूलक कार्यक्रमहरु गरेर बैंकले बार्षिकोत्सव मनाएको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको यस बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

civil_6th_anniversary1
यसपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । यस बैंकले समाज प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आफ्नो सेवाको परिधी र व्यवसाय वृध्दी गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ