काठमाडौं । नेपाल एसबिआई बैंकले लगानीकर्ताहरुलाई ४० प्रतिशत (१०ः४ को अनुपातमा ) हकप्रद सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्रीपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।
३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २८ प्रतिशत वोनस सेयर प्रस्ताव गरेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यस्तै बैंकले ९८४ रुपैयाँमा एफपीओ जारी गर्ने प्रस्ताव पनि धितोपत्र बोर्डमा लगेको छ । सो एफ्पीओपछि बैंकको चुक्तापुँजीमा ६७ लाख रुपैयाँ बढेर चार अर्व ९७ करोड ७८ लाख रुपैयाँमा हुनेछ । बैंकले एफ्पीओ र बोनस सेयरपछिको चुक्ता पुजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ ।
बैंकले प्रस्ताव गरेको बोनस एफपिओ र हकप्रद जारी गरेपश्चात बैंकको चुक्तापूँजी ६ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्मा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ
प्रतिक्रिया