काठमाडौं । चर्नावती खोला जलविद्युत आयोजनाको दुई लाख ६० हजार कित्ता प्राथमिक शेयर निष्काशन भएको छ । आयोजनाको प्रबद्र्धक नेपाल हाइड्रो डेभलपरले दोलखाका आयोजना प्रभावितका लागि छुट्याइएको सेयर भिमेश्वर ८, ९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि उक्त शेयर निष्काशन गरेको हो ।
सेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखाबाट आवेदन दिन सकिनेछ । मंसिर १६ गतेबाट निष्काशन भएको शेयरका छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितका लागि शेयर निष्काशन गरे पश्चात कम्पनीले सोही पूँजीको १५ प्रतिशत अर्थात तीन लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । त्यस पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ ।
प्रतिक्रिया