काठमाडौँ । विभिन्न समयमा विवादमा आएको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग चार संस्था गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले एसीसीमा अन्य चार विकास बैंकलाई गाम्भने अनुमति दिएको छ । आइतबार बसेको राष्ट्र बैंकको बोर्ड बैठकले एनसीसी बैंकसँग इन्टरनेशनल डेलपमेन्ट बैंक,इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक गाभ्न अनुमति दिएको हो ।
राष्ट्र बैंकको निगरानीमा रहेको एनसीसी बैंकले राष्ट बैंककै पहलमा यी संस्थासँग गाभ्ने प्रकृया सुरु गरेको थियो । गत बर्ष नै यसबारे सम्झौता भएर प्रकृया अघि बढेको भएपनि संस्थाका सेयरधनी लक्ष्मी बहादुर श्रेष्ठका दाजुभाइले मुद्धा हालेका कारण रोकिएको थियो ।
सम्पत्ति दायित्व मुल्यांकन (डिडीए) गर्दा एनसीसीको सम्पत्तिको कम मूल्याङ्कन गरिएको भन्दै उनीहरुले जिल्ला अदालत काठमाडौंमा मुद्दामा हालेका थिए । अदालतले मर्जर प्रक्रियाको बारेमा केही नभनेको भन्दै गभर्नर डा चिरन्जिवी नेपाल लगायतले मर्जको लागि अनुमति दिएको हो । वित्तिय क्षेत्रको सबलताको लागि एनसीसीको मर्जर जरुरी रहेको भन्दै डा.नेपाल लगायतका सञ्चालक समितिले अनुमति दिने निर्णय गरेका हुन् ।
एनबी समुहकै कारण एनसिसी बैंकको बोर्डमा समस्या आएपछि दुई बर्ष अघि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । त्यहि बेला देखि केन्द्रिय बैंकले एनसीसीमा एनबी समुहको स्टेक कम गर्ने रणनीति लिएको थियो । सोही रणनीति अनुरुप बैंकलाई मर्जर गरिएको पनि बुझिएको छ ।
प्रतिक्रिया