काठमाडौं । सिद्धार्थ बैंकको संचालक समितिले ३९ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस शेयर नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी पन्ध्रौं साधारणसभाबाट पारित भएपछि बैंकका शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।
चालु आर्थिक वर्ष २०७३\७४को आश्विन मसान्तसम्ममा बैंकले ३५ करोड खुद नाफा गरेको छ । उक्त अवधिमा बैंकले ७० अर्ब ५ करोड निक्षेप संकलन गरी ५८ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ । बैंकले हाल नेपालभर ६३ शाखा, ८२ ए.टि.एम र विभिन्न ६८ स्थानमा शाखारहित बैंकिंग सेवामार्फत बैंकिग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया