कठमाडौं । काठमाडौं—हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष भवन भट्टले राजीनामा दिएका छन् । एनआरएनको कार्यक्रममा व्यस्त रहनुपर्ने र आफ्नो विदेशमा रहेको व्यवसायलाई सम्हाल्नुपर्ने कारण देखाइ उनले अध्यक्षबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ भने नयाँ अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ । गत माघ २८ मा भट्ट कम्पनीको अध्यक्षमा चयन भएका थिए । उनले १० महिनामात्र अध्यक्ष पद सम्हालेका थिएन भने सुरुङ मार्गले कुनै गति लिएको थिएन । नयाँ अध्यक्ष केसीका अनुसार विहिबार बसेको बोर्ड बैठकले भट्टको राजिनामा स्वीकृत गरी उनलाई अध्इक्ष दिएको हो ।
यसअघि माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । अडिट रिपोर्टको छलफलको बिषयमा विवाद उत्पन्न भएपछि कम्पनीले गत चैतमा सहअध्यक्षबाट केसीलाई हटाएको पनि थियो । तर, तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।
प्रतिक्रिया