वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बन्द भएका उद्योगहरुलाई २१ दिने सुचना जारी, स्पष्ट कारण खुलाएर आवेदन दिएमा उद्योग मन्त्रालयले सघाउने

अर्थटुडे
२०७३ मंसिर २७, सोमबार

काठमाडौं । सरकारले निजी क्षेत्रबाट बन्द भएका करिव एक हजार उद्योगलाई सञ्चालनमा ल्याउनका लागि सहजीकरण गर्ने भएको छ । सोमबार उद्योग मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले नीजी क्षेत्रबाट बन्द भएका उद्योग सञ्चालनका लागि कार्यविधि तयार भइरहेको बताए ।
उनले के कारणले उद्योग बन्द भएको भनी स्पष्ट कारण खुलाई सञ्चालन गर्नका लागि मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्ह गरे । उनले सो प्रस्ताव पेस गर्नका लागि २१ दिने सुचना समेत जारी गरेको छ । उनले बन्द भएका उद्योगहरुबारे विस्तृत अध्ययन गरी पुन सञ्चालनका लागि वातावरण सिर्जना गर्ने काम उद्योग मन्त्रालयले गर्ने बताए ।

के कारणले उद्योग बन्द भएको थियो? त्यसका आधारमा फिजिकल इन्सेन्टिभ, प्रोसिड्युअर सपोर्ट वजारको पहुँच विस्तारमार्फत सहयोग गरिने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ