काठमाडौं । अर्थमन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पाँच अर्व ३७ करोड रुपैयाँ ऋण दिने भएको छ । लोडसेडिङ मुक्त अभियानलाई सघाउन अर्थमन्त्रालयले उर्जा मन्त्रालय मार्फत नेपाल विद्युत प्राधिकरणलाई सो रकम ऋण स्वरुप दिन लागेको हो । सोमबार अर्थ मन्त्रालयले लोडसेडिङ हटाउने बिभिन्न उपकरण खरिदका लागि पाँच अर्ब ३७ करोड रुपैयाँ ऋण दिने प्रतिवद्धता जनाएको हो ।
अर्थमन्त्रालयले बिद्युत प्राधिकरणले उपकरण खरिद गर्ने प्रकृया सुरु गरेपछि रकम निकासा गर्ने छ । प्राधिकरणले विद्युत पोल, ट्रान्सफरर्मर, नयाँ मिटर र तार किन्न अर्थलाई रकम मागेको थियो । मुलुकलाई लोडसेडिङमुक्त पार्ने अभियानमा अहिले उर्जा मन्त्रालय र प्राधिकरण नेतृत्वले प्रभावकारी कदम चालेको हुँदा रकम दिन लागेको अर्थमन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
विद्युत आपूर्तिलाई दिगो बनाउन पुराना ट्रान्सफरमर बदल्ने एवं नयाँ विस्तार गरेन प्राधिकरणको तयारी छ । त्यस बाहेक चुहावट रोक्न ठूलो मात्रामा मिटर बितरण गर्न लागिएको छ ।
प्रतिक्रिया