काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एक्वायर गर्न लागेको एस डेभलपमेन्ट बैंक लिमिटेडको स्वाप रेसियो कम भएको भन्दै एस डेभलपमेन्टका सेयरधनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् । सोही उजुरीका आधारमा नेपाल राष्ट्र बैंकलाई अख्तियारले एस डेभलपमेन्टको एक्वायर रोक्नका लागि पत्र काटेपनि त्यस विषयमा राष्ट्र बैंकले कुनै चासो नदेखाइ इन्भेष्टमेन्ट बै.कलाई एक्वायर अनुमति दिन लागेको एस डेभलपमेन्टका सेयरधनीहरुले बताएका छन् ।
एस डेभलपमेन्ट बैंकमा सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत र संस्थापक शेयरधनीको ५१ प्रतिशत सेयर रहेको छ । ति सेयरधनीका अनुसार बजारमा प्रचलित स्वाप रेसियो भन्दा पनि अति नै न्यून ४१ प्रतिशतमा एस डेभलपमेन्ट बैंकलाई विक्रि गर्न लागिएकोले साना लगाानीकर्ताहरु मर्कामा पर्ने भएका छन् । एस डेभलपमेन्ट बैंकका एक सञ्चालकका अनुसार एस डेभलपमेन्टका सञ्चालक इन्भेष्टमेन्ट बैंकका पनि संस्थापक रहेको र नेपाल इन्भेस्टमेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेसँगको एस डेभलपमेन्ट बैंकको पुरानो निजी तथा व्यापारिक सम्बन्ध रहेको हुँनाले थोरै रकम दिएर पनि डेभलपमन्ेन्ट बैंक सुम्पिन सञ्चालकहरु राजी भएको बताए ।
यस सन्दर्भमा नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडेले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागलाइ समेत आफ्नो पहुँच प्रयोग गरी मोटो रकम चलखेल गरेको आरोप सेयरधनीहरुले लगाएका छन् । उनीहरुले नियम विपरित नेपाल राष्ट्र बैंकबाट एक्वायरको लागि अनुमति दिएमा अदालत समेत गुहार्ने बताए ।
यसअघि सनराइज बैंकले नारायणी नेसनल डेभलपमेन्टलाई एक्वायर गर्दा ७८ प्रतिशत स्वाप रेसियो थियो भने सिभिल बैंकले आइएलएफसी फाइनान्स लिमिटेडलाई एक्वायर गर्दा ८० प्रतिशत स्वाप रेसियो कायम गरिएको थियो ।
त्यस्तै एनएमवी बैंकले क्लीन इनर्जी डेभलपमेन्ट बैंकलाई एक्वायर गर्दा ७५ प्रतिशत, कुमारी बैंकले काष्टमन्डप डेभलपमेन्ट बैंकलाई एक्वायर गर्दा ८३ प्रतिशत र जनता बैंकले त्रिवेणी विकास बैंकलाई एक्वायर गर्दा शतप्रतिशत स्वाप रेसियो कायम गरिएको थियो ।
अन्य विकास बैंकलाई एक्वायर गर्दा ७० प्रतिशतभन्दा माथि नै रहेको तर एस डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्वायर गर्दा किन कम रेसियोमा एक्वायर अनुमति दिन लागेको यो प्रश्न आम सेयरधनीहरुको रहेको छ । सेयरधनीहरुले अन्यायपूर्ण तरिकाले सर्वसाधारण शेयरधनीहरूलाइ मर्कामा पार्ने गरी एस डेभलपमेन्ट बैंकलाइ सुम्पिन लागेको कुराबारे साधारण सेयरधनीहरुबाट व्यापक विरोध भएको थियो ।
वास्तवमा नेपाल राष्ट्र बैंकको नयाँ नियम अनुसार शेयर स्वाप रेसियो गणना गर्ने भए कम्तीमा ५५प्रतिशत हुन जाने भएतापनि ४१ प्रतिशत मा नै स्वाप रेसियो कायम गरी स्विकृती दिन खोज्नुबाट एस डेभलपमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरधनीहरूको चलखेल र नेपाल राष्ट्र बैंकको सम्बन्धित् विभागले मोटो आर्थिक फाइदा लिएको स्पष्ट हुन्छ सेयरधनीहरुले विरोध गर्दै भनेका छन् ।
प्रतिक्रिया