काठमाडौं । संचालनमा आएको करिब ६ महिनापछि चन्द्रागिरि केवलकारको औपचारिक उद्घाटन गरिएको छ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थानकोटको गोदामचौरदेखि चन्द्रागिरिसम्म चल्ने केवलकारको उद्घाटन गरे ।
आइएमई समूहको मुख्य लगानीमा काठमाडौं फनपार्क कम्पनीले केवलकारको निर्माण गरेको छ । कम्पनीले गत साउनबाटै केवलकार सेवा सुरु गरेको थियो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले समयमा नै चन्द्रागिरि केबल कारको निर्माण भएको र यसले निजी क्षेत्रलाई थप प्रेरणा दिएको बताए । उनले केवलकार सञ्चालनको क्रमममा वातावरण संरक्षणलाई ध्यान दिन आग्रह गरे । सो कार्यक्रममा सञ्चालक चन्द्र ढकालले चन्द्रागिरि केबलकारका कारण नेपाल आउने पर्यटकको यहाँ बस्ने समय १ दिने थपिने दाबी गरे ।
कम्पनीले हालसम्म २ लाख ५० हजार मानिसहरुलाई सेवा दिइसकेको छ । साथै यसले राज्यलाई ६० लाख भन्दा बढि राजस्व समेत तिरको जनाएको छ ।
सञ्चालक अम्बीका प्रसाद पौडेल काठमाडौंवासीलाई विदा मनाउन उपयुक्त स्थान हुने बताउछन् । पौडेलले भने ‘काठमाडौंबासीका लागि अहिले थकान भुलाउने कुनै ठाउँ नै छैन, थकान भुलाई मनोरञ्जन दिन सकियोस् भनेर हामीले चन्द्रागिरिमा केबल कार लैजाने योजना बनाएका थियौं । ‘
यसअघि गोदामचौरबाट चन्द्रागिरिसम्म पुग्न सार्वननिक सवारी साधनमा झन्डै एक घन्टा लाग्थ्यो । तर, अब केबलकार चढेर मात्र ९ मिनेटमै पुगिन सकिने भएको छ ।
चन्द्रागिरि समुन्द्री सतहबाट २५ सय ४० मिटर उचाइमा छ, जसले गर्दा यहाँबाट मौसम राम्रो भएको समयमा हिमालहरु देख्न सकिन्छ । साथै चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको मन्दिरका कारण यो धार्मिक क्षेत्रको रुपमा समेत यसको पहिचाहन छ । साथै हिमाल नै दृश्यावलोकन गराउने उद्देश्यका साथ कम्पनीले चन्द्रागिरिमा ‘भ्यू टावर’ समेत निर्माण भएको छ ।
२,४६० मिटर लम्बाई भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् । ५ देखि ३८ मिटर सम्मको उचाईंमा गाडिएका यी टावरहरु एकअर्कामा ३.३६ देखि ९२६ .२७ मिटर दुरीको फरकमा छन् । यी लठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ । यात्रु बोक्ने ३८ र समान बोक्ने ३ गरी कूल ४१ वटा गोण्डला छन् । एउटा केबुलकारले ८ जनासम्म यात्रु बोक्न सक्छ । प्रति घण्टा एक हजार यात्रु क्षमता रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया