वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्ट्यान्डर्ड चार्टर्डद्धारा ३.३० अर्व बराबरको सेयर जारी गर्दै

अर्थटुडे
२०७३ मंसिर ३०, बिहीबार

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.३० अर्व बराबरको एफपिओ (फरदर पब्लीक अफरिङ) जारी गर्ने गर्ने भएको छ । बैंकको साधारणसभाले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउनका लागि प्रिमियम मूल्यमा एफपिओमार्फत नयाँ सेयर जारी गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले ०७४ असारसम्म बाणिज्य बैंकहरुलाई ८ अर्व पुँजी पुर्र्याउन निर्देशन दिदै त्यसका लागि योजना समेत पेश गर्न निर्देशन दिएको थियो । तर, केन्द्रीय बैंकको निर्देशन अटेर गर्दै स्ट्यान्डर्डले पुँजीवृद्धि योजना पेश नगरेपछि राष्ट्र बैंकले साधारणभाका लागि अनुमति दिएको थियो ।

अन्तिम समयमा आएर बैंकले पुँजी वृद्धि योजना पेश गरेपछि मात्र साधारणसभा गर्ने अनुमति पाएको हो । सभाले एफपिओ जारी गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउनका लागि सबै अधिकार संचालक समितिलाई दिएको छ । यसैगरी गत आवको नाफाबाट ३३.३३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ १.७५ प्रतिशत नगद लाभांस बाड्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस सेयर र एफिपिओपछि बैंकको पुँजी ८ अर्वभन्दा बढी हुने बताइएको छ । बैंकमा ७५ प्रतिशत सेयर स्ट्यान्डर्ड चार्टर्ड गु्रपको र २५ प्रतिशत सर्वसाधारणको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ