लिवाङ । रोल्पामा कृषि, ब्यापार तथा पर्यटन महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा पहिलो पटक रोल्पामा आगामी फागुन ६ देखी १२ गतेसम्म महोत्सव हुन लागेको हो । बुधवार रोल्पाको सदरमुकाम लिबाङमा भएको जिल्ला स्थित सरोकारवालाहरुबीचको छलफलले महोत्सव गर्ने निर्णय गरेको हो ।
स्थानीय कृर्षि, पर्यटन तथा घरेलु उद्योग प्रवद्धनका लागि महोत्सव आयोजना गर्न लागिएको रोल्पा उद्योग वाणिज्य संघले जानकारी दिएको छ । महोत्सवमा स्थानीय कृर्षि उत्पादान र औधोगिक स्टलहरु रहनेछन् ।
महोत्सवमा कृषि, व्यापार, हस्तकला, महिला उद्यमीद्धारा उत्पादित बस्तु प्रदर्शन तथा बिक्री गरिने रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समारोह समितिका संयोजक बालकृष्ण सुवेदीले जानकारी दिए ।
कृर्षि, पर्यटन र घरेलु उद्योगको प्रवद्धनको लागि पहिलो पटक महोत्सव अयोजना गर्न लागिएको जिल्ला बिकास समितिका पर्यटन फोकल पर्सन एवं महोत्सव अयोजक मूल समितिका सचिव दिपक डाँगीले जानकारी दिए । उनले आउँदा बर्षहरुमा समेत निरन्तरता दिने गरी महोत्सव अयोजना गर्न लागिएको र जिल्लाको संस्कृति, कला, पर्यटनको प्रचार, प्रसार गर्न सघाउ पुग्ने बताए ।
महोत्सव आयोजनाको लागि ५ सय ५० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिमा उद्योग वाणिज्य संघबाट सुबेदी संयोजक छन् भने जिल्ला बिकास समितिबाट डाँगी सचिव रहेका छन् ।मूल समारोह समितिमा जिल्ला स्थित सबै राजनीतिक दल, सुरक्षा निकाय, सबै संघ संस्था र नागरिक समाजबाट प्रतिनिधित्व गराईएको छ ।
प्रतिक्रिया