वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विमा समिति आजदेखि नेतृत्व विहिन, आजै बस्ने मन्त्रीपरिषद्को बैठकले समितिको अध्यक्ष चयन गर्ने सम्भावना

अर्थटुडे
२०७३ पुष ७, बिहीबार

काठमाडौं । आजदेखि बिमा समिति नेतृत्व विहिन हुने भएको छ । बिमा समितिका अध्यक्ष प्राध्यापक डा.फत्तबहादुर केसीको दोस्रो कार्यकाल बिहीबार सकिँदैछ । तर, सरकारले अझैसम्म पनि समितिको अध्यक्षबारे कुनै निर्णय गरेको छैन । अध्यक्षको लागि अर्थमन्त्रालयमा डेढ दर्जन व्यीक्तहरु दैनिकजसो धाउने गरेका छन् ।

तेस्रो कार्यकालको लागि हालका अध्यक्ष डा. फत्तबहादुर केसी पनि शक्तिकेन्द्र धाइरहेका थिए । तर सरकारले पुन नियुक्ति गर्ने संकेत नदेखाएपछि उनी आजदेखि विदा हुने छन् । सामान्यतयाः कार्यकाल सकिने एक महिना अघि नै विदामा बस्ने प्रचलन भएपनि तेस्रो कार्यकाल पाउने आशामा डा.केसीले विदा लिएका थिएनन् । अर्थ मन्त्रालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षबारे निर्णय गर्ने छ ।
नेपालमा बिमा व्यवसाय फस्टाउँदै गएका बेला यसको नियामक निकायमा कस्ता व्यक्ति नियुक्त होलान् भन्ने धेरैको चासो रहेको छ । मन्त्रालयमा विभिन्न क्षेत्रका व्यक्तिहरूले अध्यक्षका लागि प्रस्ताव गरेका छन् । विजयबहादुर शाह, चिरायु भण्डारी, लक्ष्मण घिमिरे, रविन्द्र घिमिरे, दीपक भण्डारी लगायतका व्यक्तिहरु अध्यक्षको लागि शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ