वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुम रेमिट र सेन्चुरी कमर्सियल बैंकबिच रेमिट्यान्स सम्झौता

अर्थटुडे
२०७३ पुष ७, बिहीबार

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक र बुम रेमिटबिच विहिबारदेखि लागु हुने गरी रेमिट्यान्स सम्झौता भएको छ । सो सम्झौता अनुसार बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेन्चुरी कर्मसीयल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गरिने छ ।

त्यस्तै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि पनि सम्झौता भएको छ । सो सम्झौतापत्रमा सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । यसअघि बुम रेमिट्यान्स प्रा. लि. सेन्चुरी कर्मसीयल बैंक लि. को सेन्चुरी रेमिटको लागी आधिकारिक प्रतिनिधि समेत रहेको छ ।

हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । त्यस्तै यसले छिट्टै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई विस्तार गर्दै जाने रणनिति रहेको बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ