वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेन्ट्रल फाईनान्सको २३.६८ प्रतिशत लाभांस पारित

अर्थटुडे
२०७३ पुष ७, बिहीबार

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २३.६८ प्रतिशत लाभांस पारित भएको छ । फाइनान्सको २० औ वार्षिक साधारणसभाले आफ्ना लगानीकर्ताहरुलाई २३.६८ प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीहरुलाई २२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।  बोनश शेयर जारी पश्चात संस्थाको चूक्ता पुंजी ३० करोड २२ लाख ७८ हजार पुग्ने छ । सोही साधारणसभाले सेन्ट्रल फाइनान्स र भक्तपूर फाईनान्स कं.लि. एक आपसमा गाभ्ने गाभिने (मर्ज) सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

मर्ज पश्चात कम्पनीको नाम सेन्ट्रल फाइनान्स लिमिटेड नै रहने र चूक्ता पुंजी ५्२ करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ