वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भूकम्प पिडितले लगेनन् सहुलियत कर्जा

अर्थटुडे
२०७३ पुष ८, शुक्रबार

काठमाडौं । भुकम्पपछि अहिलेसम्म जम्मा ६७ जनाले मात्र २ प्रतिशत व्याजदरमा घरकर्जा लगेका छन् । भुकम्पपछि नेपाल राष्ट्र बैंकले भुकम्प पिडितलाई दुई प्रतिशत व्याजदरमा घर बनाउन २५ लाख सम्म कर्जा दिने भनिएपनि विभिन्न कारणले गर्दा थोरैले मात्र सो सेवा उपभोग गरेका छन् ।

कर्जा लिनेले घितो हुनुपर्ने , धितो राख्दा पनि जग्गा कम्तिमा १० फुटे बाटो हुनुपर्ने, र व्यक्तिको सो कर्जा तिर्नसक्ने क्षमता हुनुपर्ने जस्ता अन्य कर्जामा भएझै विभिन्न नियमहरु भएपछि भुकम्प पिडितले त्यस्तो कर्जाको सदुपयोग गर्न नसकेका हुन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ौद्रिक नीतिको शुक्रबार समिक्षा गर्दै विभिन्न १२ वटा बैंक तथा वित्तीय संस्थाबाट ६७ जनाले १५ करोड ३८ लाख कर्जा प्रबाह भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले भुकम्पपछि घर बनाउनको लागि ग्रामीण भेगका भुकम्प पिडितले १्बढीमा १५ लाख र शहरी क्षेत्रका भुकम्प पिडितले बढीमा २५ लाख रुपैयाँसम्म बैंकबाट २ प्रतिशत व्याजमा कर्जा लिने सक्ने व्यवस्था गरेको थियो ।

त्यस्तै सोही समिक्षामा राष्ट्र बैंकले द्वन्द्वकालमा विस्थापित भएका सरकारी तीन बैंकका १९७ शाखामध्ये १३० वटा पुनर्स्थापित भइसको जनाएको छ। अब ६७ वटा पुनस्थापित हुन बाँकी रहेको जनाएको छ ।  त्यतै केन्द्रिय बैंकले ४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँदै आएको साधारण पुनरकर्जा सुविधाको उपयोगमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब १७ करोडको साधारण तथा ३७ करोडको निर्यात पुनरकर्जा गरी कुल २ अर्ब ५४ करोडको पुनरकर्जा सुविधा उपयोग भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कुल १ अर्ब ३९ करोडको पुनरकर्जा सुविधा उपयोग भएको थियो । त्यस्तै राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाह पनि बढ्दै गएको जनाएको छ । २०७३ असोज मसान्तसम्ममा वाणिज्य बैंकहरुले कृषि, ऊर्जा, पर्यटन, घरेलु तथा साना उद्योग लगायतका उत्पादनशील क्षेत्रमा कुल २४० अर्ब ८९ करोड कर्जा प्रवाह गरेका छन् । यो रकम कुल कर्जाको १६.३ प्रतिशत हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ