किाठमाडौं । बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको २४ औ बार्षिक साधारणसभाले २० प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरेको हो । त्यस्तैगरी कम्पनीले संञ्चित कोषबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
कम्पनीले सन् २०१७ देखि कावेली ए जलविद्युत र न्यादी जलविद्युत आयोजनाको निर्माण थाल्ने पनि सधारणसभामा जानकारी दिइएको छ । कावेली ३७.६ मेगावाट र न्यादी ३० मेगावाट क्षमताका जलविद्युत आयोजना हुन् ।
कम्पनीको प्रत्यक्ष स्वामित्वमा १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्र र ९.४ मेगावाट क्षमताको आँधिखोला जलविद्युत केन्द्र रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कम्पनीले सहायक कम्पनीमार्फत ६० मेगावाट क्षमताको खिम्ती र चार मेगावाट क्षमताको खुदी जलविद्युतमा लगानी गरीरहेको छ । त्यस्तै कम्पनीले धितोपत्र बोर्डका शर्त र मापदण्ड अनुसार फर्दर पब्लिक अफरिङका लागि वित्तिय रणनीति सम्वन्धि प्रस्ताव पारित गरेको पनि जनाएको छ । कम्पनीले गत वर्ष ५७ करोड ५९ लाख खुद मुनाफा आर्जन गरेको छ ।
प्रतिक्रिया