वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली महिला टोलीले कन्चनजंगा आरोहण गर्ने

अर्थटुडे
२०७३ पुष ९, शनिबार

काठमाडौँ- नेपाली महिला आरोही टोलीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को आरोहण गर्ने भएको छ। तीन सदस्यीय महिला आरोहीले पहिलो पटक कञ्चनजङ्घाको आरोहणको सो साहसिक यात्राको घोषणा गरेको हो । कञ्चनजङ्घा आरोहणका हिसाबले विश्वकै अप्ठ्यारो हिमालको रुपमा मानिन्छ। उक्त हिमालमा हालसम्म ३४४ स्वदेशी तथा विदेशीले मात्र सफल आरोहण गरिसकेका छन् ।

जलवायु परिवर्तन न्यूनीकरणको सन्देश लिएर विश्वकीर्तिमानी आरोही माया शेर्पाको नेतृत्वमा महिला टोलीले कञ्चनजङ्घा आरोहण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि विश्वको अग्लो हिमाल सगरमाथा (८,८४८ मी नेपाल), र दोस्रो अग्लो हिमाल केटु (८,६१२ मी पाकिस्तान) को सफल आरोहण गरेको उक्त आरोहण दलले ‘थ्रि ओमेन, थ्री टप’ भन्ने नाराका साथ सन् २०१७ अप्रिल र मे महिनामा कञ्चनजङ्गा हिमालको आरोहण गर्ने तयारी गरेको  हो ।
प्रतिकूल वातावरणसँगै जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न राज्य र विश्वलाई सकारात्मक सन्देश दिन टोलीको अभियानको मुख्य धेय रहेको आरोहण टोली प्रमुख माया शेर्पाले बताए । उनले भूकम्पपछिको नेपालको पर्वतीय पर्यटनलाई विश्वसामु सुरक्षित रहेको सन्देश प्रवाह गर्न अभियान सान्दर्भिक हुने उल्लेख गरे।

“कञ्जनजङ्गा गाह्रो हिमाल हो, महिला सजिलो मात्र हैन, गाह्रो हिमाल पनि चढ्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न अभियान चलाइएको हो यसले विश्वका महिला आरोहीलाई आकर्षण गर्न सहयोग पुग्नेछ,”– आरोही शेर्पाले भने । सेभेन समिट फाउन्डेसनमार्फत आरोहण जान लागेको टोलीको कञ्चनजङ्घा आरोहणका लागि करिब ३६ लाख लाग्ने र उक्त रकम विभिन्न निकायबाट सहयोग जुटाइनेछ ।

सो अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पाले महिला आरोही टोलीलाई रु पाँच लाख दिने घोषणा गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ