काठमाडौं ।“जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल मोवाइल व्यवसायी संघले न्यूरोड मोबाइल महोत्सव २०७३ गर्न लागेको हो । महोत्सव पुष १३ गतेदेखि पुष १९ गतेसम्म न्यूरोडमा हुने छ । भने मोवाइल महोत्सवको मुख्य प्रायोजक एनसेल रहेको छ ।
पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्न लागीएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । ग्राहकहरुले गुणस्तरीय मोबाइल सेटहरु खरिद गर्न सकुन र नठगिउन भन्ने उदेश्यका साथ सो महोत्सव गर्न लागिएको नेपाल मोवाइल व्यवसायी संघका अध्यक्ष एवं महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
बस्नेतले महोत्सवमा सबै मोबाइल ब्राण्डको सहभागीता रहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा मोबाइल खरिदकर्ताहरुलाई अधिकतम छुट दिइने बताए । उनले भने, “अंग्रेजी नयाँ वर्ष शुरुहुँदै गर्दा आफ्ना नजिकका साथीभाई तथा परिवारलाई मोबाइल उपहार दिने यो सबैभन्दा उपयुक्त अवसर हुनेछ ।”
महोत्सवमा आउने हरेक ग्राहकलाई हातखाली नजाने उपहार राखिएको भन्दै न्यूरोड क्षेत्रमा गुणस्तरीय उत्पादनमात्र बिक्री गरिएको बताए । महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिईने आयोजकले जानकारी दिएको छ ।
त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्ने र विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिने जानकारी दिईयो । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु हुने बताइएको छ ।
महोत्सवको अवधिभर फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिने तथा हरेक मोबाइलको खरिदमा विशेष छुट दिईने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया