काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तेस्रो नेप्से कर्पोरेट बुल रेस—२०७३ आयोजना गर्ने भएको छ ।
यही पुस २३ गते २४ औ बार्षिकोत्सबको अवसर पारेर नेप्सेले पुँजीबजार प्रति जनचेतना अभिबृद्धि गर्ने उदेश्यले तेस्रो कर्पोरेट बुल रेसको आयोजना गरेको जनाएको छ ।
नेप्सेले सोमबार सुचना जारी गरी सो कर्पोरेट बुल रेसमा सहभागिता वा सहप्रायोजन गर्न कर्पोरेट संस्थाहरुलाई आग्रह गरेको छ । सो रेसमा सहभागिता व्यक्ति वा संस्थाले संस्थाको हकमा पच्चिस हजार र व्यक्तिको हकमा पाँच हजार रुपैयाँ लाग्ने पनि नेप्सेले जनाएको छ ।
सहभागिता वा सहप्रायोजनको लागि यही पुस १७ गतेसम्म मनोनयन गरीसक्ने पनि नेप्सेले जनाएको छ । कार्यक्रम पुस २३ गते शनिवार विहान ८ बजे नेप्से प्रांगणमा रहने छ ।
तेस्रो नेप्से कर्पोरेट बुल रेस—२०७३ हुदै
२०७३ पुष ११, सोमबार
प्रतिक्रिया