काठमाडौं । सेयर लगानीकर्ता संघ सेयर बजार सुधारका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको छ । संघले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरलाई शाखा विस्तार गर्न दिनुपर्ने लगायतका ६ सूत्रीय माग राखेको छ ।
आफ्ना माग पुरा गराउनका लागि संघले बुधबार नेपाल स्टक एक्सचेन्जमा लगानीकर्ताको भेला गर्ने विज्ञप्तीमार्फत जनाएको छ ।
संघको सोमबार बसेको बैठकले अनलाईन सिस्टम यथाशिघ्र कार्यान्वयन, बोनस, हकप्रद, मर्जर तथा सूचीकरणसम्बन्धी नियम प्रस्ट पार्नुपने र बजार निर्माता ल्याउन तथा गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन ढिलाइ गर्न नहुने माग अघि सारेको छ ।
संघले जारी गरेको विज्ञप्ती यस्तो छ
सेयर लगानीकर्ता आन्दोलनमा, बैंकलाई ब्रोकर लाइसेन्स दिन माग
२०७३ पुष ११, सोमबार

प्रतिक्रिया