वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओभर ड्राइभ २०१७ अवार्ड्समा भिटार ब्रेजा तीन उपाधीद्वारा सम्मानित

अर्थटुडे
२०७३ पुष ११, सोमबार

काठमाडौं । सुजुकी भिटारा ब्रेजालाई सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्डसमा तीन भिन्न अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रम मार्फत भिटारा ब्रेजालाई कम्प्याकट एसयूभी अफ दि इयर, कार अफ दि इयर र भिवर्स च्वाइस कार अफ दि इयर उपाधीद्वारा सम्मानित गरिएको हो ।

आकर्षक स्पोर्टी डिजाइन सहितको यो कारले यात्रु तथा चालकलाई यात्राको समयमा निकै आरामदायी अनुभव प्रदान गर्ने कम्पनीको दावी छ । कारमा जडित इञ्जिन तथा गियरबक्सको उत्कृष्ट क्षमता र प्रदर्शनीका कारण उपभोक्ता माझ कारको लोकप्रियता बढेको छ ।

ब्रेजामा कम्पनीले फोर सिलिण्डरको १ हजार २ सय ४८ सीसी क्षमता सहितको टर्बो चार्ज्ड डिजल म्याटेड फाइभ स्पिड म्यानुअल ट्रान्समिशन ईञ्जिन जडान गरिएको छ । कारमा जडित यो ईञ्जिनले ९० पीएसको अधिकतम शक्ति र २ सय एनएम अधिकतम टर्क उत्पन्न गर्ने क्षमता राख्छ ।

कारमा प्रयोग गरिएको च्यासिसले यात्रु तथा चालकलाई गुणस्तरिय यूरोपियन सवारीको अनुभव प्रदान गर्छ । साथै, कारको नियन्त्रण प्रणाली समेत निकै सुरक्षित तथा आरामदायी छ । कम्पनीले कारमा आधुनिक स्मार्ट मार्फत नियन्त्रण गर्न मिल्न विभिन्न अत्याधुनिक फिचर्सपनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ