वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नीतिगत स्थायित्व नहुदा उद्योगधन्दा चलाउन कठिन

अर्थटुडे
२०७३ पुष ११, सोमबार

काठमाडौ । उद्योगी व्यवसायीहरुले नीतिगत स्थायित्व नहुदा उद्योगधन्दा चलाउन कठिन भएको बताएका छन् । उनीहरुले सरकारले बनाएको नियमहरु एक आपसमा बाझिने गर्दा उद्योगधन्दा सञ्चालनमा समस्या आएका बताएका हुन् ।

सोमबार उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग नीजी क्षेत्रका व्यापारी व्यवसायीहरुले समग्र औद्योगिक वातावरणमा सुधार नभएसम्म थप लगानी आउन नसक्ने बताए । उद्योगमन्त्रालयले ल्याएका ऐनहरुको प्रशंसा गर्दै व्यवसायीहरुले श्रम ऐन, सामाजिक सुरक्षा सम्वन्धि ऐन र वातावरण मैत्री ऐन पनि उद्योग मैत्री हुन जरुरी रहेको बताए ।
नेपालको अर्थतन्त्रको मोडेल कस्तोहुने भन्नेमा अन्यौलता रहेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरुले उद्योगका लागि जग्गा प्राप्ति पनि प्रमुख समस्याको रुपमा रहेको बताएका छन् । त्यस्तै उनीहरुले घरेलु तथा साना उद्योग स्थापनाका लागि न्यूनतम् पूँजी तोकिनु समस्याका रुपमा रहेको भन्दै उद्योगका लागि बिजुली प्राप्ति पनि ठुलो समस्याको रुपमा रहेको स्पष्ट पारे ।

त्यस्तै उनीहरुले आयातित वस्तुहरुका एन. एस. मार्क नचाहिने तर नेपाली बस्तुको हकमा एन. एस. मार्क चाहिने व्यवस्थाले नेपाली वस्तुको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको मन्त्री समक्ष व्यवसायीहरुले गुनासो गरे । अन्य मूलुकमा उद्योग बर्ष दिनमा ३३० दिन चल्ने तर नेपालमा २५० दिन भन्दा बढि नचल्ने भन्दै उनीहरुले सरकारी विदाको संख्या बढि रहेको बताए ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्न कानुनी रुपमा नै प्रत्याभूत गर्न सरकार कृयाशिल रहेको बताए । यसका लागि सरकारले विषेश आर्थिक क्षेत्र सम्वन्धि ऐन र कार्यविधि समेत पारित गरिसेकेको औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन पारित भै विनियमावली बन्ने चरणमा रहेको, खानी नियमावलीमा समसामयिक सुधार गरिएको, कम्पनी ऐन संसदमा छलफलमा रहेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन आगामी २ हप्ता भित्र मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भईरहेको र वौद्धिक सम्पत्ति सम्वन्धी ऐन मस्यौदाको क्रममा रहेको मन्त्री जोशीले जानकारी दिए ।

उनले भैरहवा, सिमरा र पाँचखालमा विषेश आर्थिक क्षेत्रको स्थापना, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको संचालन तथा ७ वटै प्रदेशमा औद्योगिक क्षेत्रका स्थापना सरकारको प्राथमिकतामा रहेको मन्त्री जोशीले जानकारी दिए ।

छलफल कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले निजी क्षेत्रको समस्या समाधानका लागि उद्योग मन्त्रालयले इमान्दार प्रयास सुरु गरिसकेको र यसको परिणाम छिट्टै देखिने बताए ।  अरु मन्त्रालय सँग गाँसिएका समस्या समाधानका लागि पनि उद्योग मन्त्रालयबाट निरन्तर प्रयासको थालनि गरिएको भन्दै सचिव कोईरालाले औद्योगिक व्यवसाय प्रवद्र्धन सम्वन्धि नयाँ नियमावलीले कतिपय समस्याहरुलाई सम्वोधन गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ