वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्डको आरोपमा नेप्सेले मुख खोल्यो : बोर्डले काममा अबरोध गर्र्यो

अर्थटुडे
२०७३ पुष १२, मंगलवार

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिचको विवाद फेरी सतहमा आएको छ । नेप्सेले मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डका केही अधिकारीले सेयर बजार सुधारका काममा अवरोध गरेको र यसको प्रभाव बजारमा परेको आरोप लगाएको छ । यसअघि बोर्डका अधिकारीहरुले सेयर बजार सुधारका लागि आफुहरुले दिएका निर्देशन नेप्सेले पालना नगरेको आरोप लगाउदै आएका थिए ।

विहिबारको पत्रकार सम्मेलनमा बोल्दै नेप्सेका अध्यक्ष रामजी रेग्मीले आफुहरुको काममा बोर्डका अधिकारीहरुले विभिन्न बहाना बनाउदै अवरोध गरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा नेप्सेले पुँजी बजार सुधारका लागि आफुहरुले गरिरहेको पहलबारे बुँदागत रुपमा प्रष्ट पारेको छ । बोर्डले दिएको निर्देशन पालना नगरेको आरोप खेपीरहेको नेप्सेले भने फेरी बोर्डमै पुगेर काम अड्किएको बताएको छ ।
नेप्सेको स्पष्टिकरण यस्तो छ :

(क) बैंकहरुलाई धितोपत्र दलाल अनुमतिपत्र प्रदान गर्ने  :
काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरुमा सदस्य दलालहरुको शाखा च्झयतभ ध्यचप क्तबतष्यल (च्ध्क्) थप गर्ने, बैंक तथा वित्तीय संस्थाहरुलाई सदस्य दलालको इजाजत प्रदान गर्ने तथा अन्य संस्थाहरु लाई पनि दलाल सदस्यता खुला गर्ने सम्बन्धी अध्ययन गरी कार्यदलले प्रतिवेदन पेश गरिसकेको छ ।
उपरोक्त विषयमा नेपाल धितोपत्र बोर्डको मिति २०७२\१०\१४ को पत्रबाट धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तार लगायत अन्य कुनै रुपमा धितोपत्रको दोस्रो बजार विकास विस्तार गर्ने जस्ता नीतिगत तथा संवेदनशील विषयमा निर्णय गरी अगाडि बढ्न बोर्डको आवश्यक सहमति लिन लेखिएको र सोही पत्रमा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसाय थप गरी क्षमता विस्तार गर्ने सम्बन्धमा सम्बन्धित सबै पक्षहरुको संलग्नता हुने गरी एक कार्यदल बनाई कार्य प्रक्रिया अगाडि बढाउन लेखिएको छ । प्राप्त पत्र नेप्सेको संचालक समितिमा छलफल हुँदा एक कार्यदल गठन गरिएको । उक्त कार्यदलमा बोर्डको मिति २०७३\३\९ को पत्रबाट बोर्डका निर्देशक श्री मुक्तिनाथ श्रेष्ठलाई प्रतिनिधि मनोनयन गर्नुका साथै कार्यदलबाट प्रतिवेदन प्राप्त गरी सो प्रतिवेदन बोर्डलाई समेत जानकारी गराई आवश्यक कार्य अगाडि बढाउन लेखी आएको । तर बोर्डको मिति २०७३\७\१२ को पत्रबाट उक्त कार्यदलमा बोर्डको प्रतिनिधित्व नरहने व्यहोरा उल्लेख गरिएको ।
यसरी अन्तिम समयमा बोर्डबाट आफ्नो प्रतिनिधित्व हटाइएता पनि कार्यदलले प्रतिवेदन बोर्डमा बोधार्थ दिई पेश गरेको । प्राप्त प्रतिवेदन उपर मिति २०७३÷९÷१२ को संचालक समिति बैठकमा छलफल हुँदा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल राष्ट्र बैंकको निर्देशनलाई समेत ध्यानमा राखी प्रतिवेदनमाथि थप अध्ययन गरी पेश गर्न निर्देशन दिइएको छ ।
(ख) Remote Work Station (RWS) थप गर्नेः हाल ९ सदस्य दलालहरुले काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरुबाट पनि Remote Work Station (RWS) मार्फत कारोबार गरिरहेका छन् । नेप्सेले सम्भावनायुक्त क्षेत्रहरुमा थप RWS प्रदान गर्ने गरी गृहकार्य गरेको छ । यस सम्बन्धमा हामीले हाल RWS नलिएका ४१ सदस्य दलालहरुलाई एक\एक वटा RWS संचालन गर्न अनुमति प्रदान गर्ने सोच बनाएका छौं ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सदस्य दलालहरुले शाखा विस्तार गर्न खोजेका स्थान सहित नेप्सेलाई उपलब्ध गराएको पत्र मिति २०७३\९\१२ को संचालक समितिको बैठकमा प्रस्तुत हुँदा नेपाल धितोपत्र बोर्डमा आवश्यक सहमतिका लागि पत्राचार गर्न निर्देशन प्राप्त भएअनुसार धितोपत्र बोर्डमा लेखी पठाइएको छ ।

(ग) Fully Automated Online Trading System को स्थापनाः नेप्सेले Fully Automated Online Trading System को स्थापनाको लागि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार प्रक्रिया अगाडि बढाइएको र वाईको कम्पनी छनौट भएको छ । यसरी छनौट भएको वाईको कम्पनीसंग २०७२\११\०४ सम्झौता गरिएपश्चात नेपाल धितोपत्र बोर्डको मिति २०७२\११\२८ को पत्रबाट मौजुदा पद्धति रु. ३ करोड मा प्राप्त गरेको ब्यहोरा साथै Cross border Listing/Trading, NRN तथा विदेशी संस्थागत लगानीकर्ताहरु लाई नेपालको धितोपत्र बजारमा प्रवेश गराउन उनीहरुलाई समेत विश्वसनीय हुने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रविधिको आवश्यकता हुने हुँदा धितोपत्र बजारको कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय प्रणालीसँग सामञ्जस्य हुने र Tested System भित्र्याउनेतर्फ पहल गर्न लेखी आएको यस सन्दर्भमा मुलुकको Capital account convertibility को व्यवस्था नभएको हुँदा अन्तर्राष्ट्रिय पद्धतिसँग सामञ्जस्य हुने पद्धति विकास गरे पश्चात सोलाई परीक्षण गर्ने\गराउने र प्रयोगकर्तालाई UAT गराउनुपर्ने अन्तर्राष्ट्रिय मूल्य मान्यता रहेको हुँदा नेप्सेले प्राविधिक उपसमितिको संयोजकको प्रतिवेदन सहित २०७२\१२\१० को पत्रबाट बोर्डलाई बोर्डको पत्रमाथि पुनरावलोकनका लागि अनुरोध गरिएकोमा बोर्डको मिति २०७३\०१\०९ को पत्रबाट सोही आशयको पत्र प्राप्त भएकोले नेप्सेले पुनः मिति २०७३\१\३० को पत्रबाट बोर्डसँग स्पष्ट निर्देशन माग गर्दा बोर्डको मिति २०७३\२\१३ को पत्रबाट नेप्सेबाट नै निक्र्यौल हुनुपर्ने भनी सोही धारणा प्राप्त भएको ।
स्मरण रहोस एउटा पत्रबाट बोर्डको सहमति आवश्यक भएको व्यहोरा उल्लेख गरिएको छ भने अर्को पत्रबाट माथि उल्लिखित धारणाको पत्र प्राप्त भएको छ । यसरी प्रक्रिया अगाडि बढ्न नसक्दा वाईको कम्पनी मुद्दामा गएको हुँदा प्रक्रिया अवरुद्ध हुन पुगेको छ । हाल यो विषय सम्माननीय उच्च अदालतमा विचाराधिन रहेको छ ।
(घ) संस्थागत लगानीकर्ता सम्बन्धमाः

सरकारले आ.व. २०७१\७२ को बजेटमा बजार निर्मातालाई बजारमा भित्र्याउने नीतिगत घोषणा गरेको थियो । सोही अनुरुप नेपालको परिप्रेक्ष्यमा उपयुक्त हुने अवधारणा सम्बन्धी अध्ययन समेत भएको छ । नेप्सेको पुँजी बजारमा धितोपत्र व्यापारीलाई अनुमति पत्र दिने सम्बन्धमा बोर्डबाट पटक पटक पत्राचार भएको र यस सम्बन्धमा वर्तमान कारोबार प्रणालीमा कारोबार प्रकृतिको आधारमा छुट्टै व्यवस्था नभएको हुँदा परिमार्जन गर्नुपर्ने र सोमा धेरै लागत लाग्ने जबकि नयाँ पद्धतिको लागि सम्झौता भइसकेको अवस्था रहेको छ । यस्तैगरी कारोबार विनियमावलीमा यस सम्बन्धी स्पष्ट व्यवस्था नभएकोले विनियमावली तर्जुमा गरिसकेको छ । तर पुरानो पद्धतिमा नै लागत वृद्धि गर्ने वा नयाँ पद्धति ल्याउने सम्बन्धमा निर्णय नभइसकेकोले द्विविधाको स्थिति खडा भएको छ ।

(ङ) पुँजी बजारमा वैदेशिक लगानी भित्र्याउने ः

नेपालको पुँजी बजारमा विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीको लगानी भित्र्याउने विषयमा नेप्से सरकार, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डलगायत सरोकारवालाहरु सँग निरन्तर संवादमा रहेको छ ।
(च) नीति नियम तर्जुमाः

गतिशील परिवेशमा नयाँ ऐन नियम तर्जुमा गर्ने, भइरहेका नीति नियमलाई परिमार्जन गर्दै लैजाने, अद्यावधिक गर्ने लगायतका कार्य समयको आवश्यकता हो । यस दिशातर्फ नेप्सेले सूचीकरण विनियमावली, कारोबार विनियमावली, धितोपत्र व्यापारीका लागि धितोपत्र कारोबार कार्यविधि, धितोपत्र बजारको सदस्यता विनियवली, अक्सन कारोबार कार्यविधि, धितोपत्र कारोबार रद्द सम्बन्धी कार्यविधि, हकप्रद शेयरको निस्सा कारोबार सम्बन्धी नियमावली लगायतमा कार्य गरिरहेको छ । यीमध्ये अधिकांश विनियमावली तथा कार्यविधिहरु स्वीकृतिका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डमा पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ