वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अहिलेको अवस्थामा सेयर होल्ड गर्न सके फाइदा

अर्थटुडे
२०७३ पुष १३, बुधबार

काठमाडौं । सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि निरन्तर घटिरहेको छ । १८०० अंकभन्दा माथी पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दिनहुँ घट्दै १४०० को हाराहारीमा झरेको छ । यो अवस्थामा बजारमा लगानीकर्तामा त्रास फैलिएको र के गर्ने अन्यौल पनि बढेको छ । तर, विश्लेषकहरु भने अहिलेको अवस्थामा लामो समयसम्म नरहने भन्दै यो समयमा सेयर होल्ड गर्न सके राम्रो हुने बताउछन् ।

अहिले बजारमा देखिएको गिरावटको कारण के हो ? यो दिर्घकालिन हो या अल्पकालिन हो भनेर यसै भन्न सकिने अवस्था छैन । मुख्य रुपमा अहिले बजारको गिरावट बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता संकुचनलाई नै प्रमुख कारण मानिएको छ । तरलताको अभावका कारण बैंकहरुले व्याजदर समेत बढाएकाले लगानीकर्ताहरु आत्तिएर सेयर बेच्न थालेकाले बजार ओरालो लागेको पाईन्छ ।

बैंकमा ऋण लिएर लगानी गरेकाले सेयर बेच्दा बजार घटेपनि बचतबाट लगानी गरेका लगानीकर्ताहरु भने आत्तिनुपर्ने अवस्था छैन । केही समय होल्ड गर्नसके बजार फेरी बढ्ने विश्लेषकहरु बताउछन् । बजारमा अन्योल देखिए पनि हतारिएर तत्काल सेयर बिक्री नगर्न उनीहरूको सुझाव छ ।

बजारमा तरलताको अभावका कारण बैंकको व्याज बढेको छ । यसका कारण केही सर्वसाधारणहरु बैंकमा निक्षेप राख्न पनि आकर्षित भएका छन् । जुन सेयर बजारको प्रतिफलको तुलनामा राम्रो र सुनिश्चित हुन्छ । यसका कारण पनि बजार घट्न सघाउ पुर्र्याइरहेको छ ।

सेयर विश्लेषक हरिबोल काफ्ले बजारमा अहिले देखिएको गिरावट अल्पकालिन भएको भन्दै आत्तिएर सेयर बेच्नुभन्दा केही समय होल्ड गर्नु राम्रो हुनु बताउछन् । बजारमा सेयरको आपूर्ति बढेको र बैंकको व्याजदर पनि बढेकाले बजारमा गिराउट आउनु स्वभाविक हो, यो अवस्थाका लामो समय नहुने भएकाले केही समय सेयर होल्ड गर्दा नै राम्रो हुन्छ —उनले भने ।

देशको राजनीतिक अवस्था र सेयर बजारबिच प्रत्यक्ष सम्बन्ध हुन्छ । देशको राजनीतिक वातावरण अस्थिर भएसँगै आर्थिक अवस्था पनि अन्यौलग्रस्त भएकाले सेयर बजारमा समेत औन्यौलता हुन सामान्य हो । अर्थतन्त्र चलायमान र राजनीतिक अवस्थामा सुधार हुँदा मात्रै पनि बैंक वित्तीय क्षेत्रमा तरलता संकुचनको समस्यासमेत स्वतः सामाधान हुने देखिएको छ ।

नेपालको सेयर बजार सानो र केही सिमिति व्यक्तिको स्वार्थमा चलखेल हुनसक्ने अवस्थामा छ । यो बजारमा केही व्यक्ति वा समूह मिलेर बजार बढाउने र घटाउने गर्न सक्छन् । यसबाट नयाँ तथा साना लगानीकर्ताहरु पिडित हुनसक्छन् । त्यसैले बजार अस्थिर भएको अवस्थामा सेयर होल्ड गर्नु नै लाभप्रद हुन्छ ।

नियामक निकायले पनि बजार हल्लाको आधारमा भन्दा पनि कम्पनीको विश्लेषण गरी लगानी गर्न सचेत गराउदै आएका छन् ।

सामाजिक संजालमा विश्वराम श्रेष्ठले समेत यो समयमा सेयर होल्ड गरेर राख्दा फाइदाजनक हुने भन्दै व्यङग्यात्मक तस्विर राखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ