काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले बुधबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिव २ घण्टा धर्ना दिएका छन् । सेयर लगानीकर्ता संघको आयोजनामा बजार सुधारका विभिन्न ६ बुँदे माग राख्दै विहान १०ः३० बजेदेखि १२ बजेसम्म धर्ना दिएका हुन् ।
उनीहरुले उठाएका मागबारे दुवै निकायसँग धारणा मागिएको र सोही आधारमा आन्दोलनका थप कार्यक्रम तय गरीने संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए ।
संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीको विस्तार गर्नुपर्ने, अनलाइन ट्रेडिङको व्यवस्था हुनुपर्ने, गैर आवासीय नेपालीलाई बजारमा प्रवेशको वातावरण बनाउनु पर्ने लगायतका ६ बुँदे माग अघि सारेका छन् ।
प्रतिक्रिया