ुकाठमाडौं । नेपाल एसबीआई बैंकको एफपीओमा आवेदन दिने म्याद आज (विहिबार)बाट बन्द हुने छ । सोमबार देखि एफपीओ खुल्ला गरेको भएपनि आवेदन भन्दा बढी भएकोले विहिबार नै बन्द गर्न लागिएको बैंकले बताएको छ । विहिबार बैकिङ समयपछि आवेदन बन्द हुने छ । बैंकको एफपीओको लागि विक्रि प्रबन्धक एनएमबी क्यापिटलले गरेको छ ।
बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा ८७१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार सात सय ६७.८७ कित्ता एफपीओ बिक्री खुला गरेको हो । बैंकले बुधबारमात्र लगानीकर्तालाई सजिलो होस् भने आवेदन केन्द्रहरू पनि थपेको थियो जुन विहिबार सम्म चल्ने छ ।
एसबीआई बैंक, एनएमबी क्यापिटल तथा एसबीआई क्यापिटलमा गएर सेयर भर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
एसबीआइ बैंकको एफपीओ भर्ने अन्तिम दिन आज
२०७३ पुष १४, बिहीबार

प्रतिक्रिया