वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त

अर्थटुडे
२०७३ पुष १४, बिहीबार

काठमाडौं । बिमा समितिको अध्यक्षमा डा.रविन्द्र घिमिरे नियुक्त भएका छन् । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले घिमिरेलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । घिमिरे पोखरा विश्वविद्यालयका प्राध्यापक समेत हुन् । अर्थमन्त्रालयका अनुसार घिमिरेलाई समितिको अध्यक्षको जिम्मेवारी दिने मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।

यसअघि अर्थमन्त्री तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले डा.घिमिरेसहित ३ जना अन्य व्यक्तिको नाम समितिको अध्यक्षका लागि बैठकमा सिफासिर गरेका  एि । घिमिरेले बीमा विषयमा विद्यावारिधी गरेका छन् ।

यसअघि विभिन्न व्यक्तिहरु बिमा समितिको अध्यक्ष बन्ने होडमा शक्तिकेन्द्र धाइरहेका थिए । यही पुस ७ गते दोहोर्याएर ८ वर्षे कार्यकाल पुरा गरी डा. फत्तबहादुर केसी बाहिरिएपछि बीमा समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ