वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५ वटा बैंक एक भए, आजबाट एकिकृत कारोबार

अर्थटुडे
२०७३ पुष १७, आईतवार

काठमाडौं । एउटा बाणिज्य बैंकमा चार वटा विकास बैंक गाभिएर बनेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले आजबाट एकिकृत कारोबार सुरु गरेको छ । एनसीसीमा इन्फ्रास्टक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंक गाभिएका हुन् ।

नयाँ बनेकेको बैंकको नाम एनसीसी नै रहेको छ । गाभिएपछि बैंकको पुँजी ४ अर्व ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसैगरी निक्षेप ५४ अर्व ३७ करोड, कर्जा ४८ अर्व ६३ करोड पुगेको छ ।

यस्तै बैंकका शाखा ९६, एटिएम काउन्टर ६१ र ग्राहक ४ लाख ८६ हजार पुगेको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मंसिर १९ गते बैंकलाई एकिकृत कारोबार गर्ने स्विकृती दिएपनि कम्पनी रजिष्टारको कार्यालयले अनुमति नदिदा कारोबार सुरु गर्न ढिलाई भएको थियो । कम्पनी रजिष्टारले पुस १४ गते अनुमति दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ