काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । बैंकले उक्त हकप्रद सेयरका लागि सोमबारबाट आवेदन खुल्ला गरेको छ । मंसिर २९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरका लागि माघ २३ गतेसम्म आवेदन दिन सक्ने सकिने बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।
बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय र ग्लोबल आइएमई बैंकका विभिन्न सात शाखाबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
हाल १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । ५० प्रतिशत हकप्रद र यसवर्ष प्रस्तावित गरेको २५ प्रतिशत बोनस सेयर वितरणसँगै बैंकको पूँजी ३४ करोड ६५ लाख पुग्नेछ ।
प्रतिक्रिया