काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले पुस २७ गतेदेखि थप साधारण सेयर (एफ्पीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ जारी गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ दरको सेयरमा १३२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १४ सय २५ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो ।
एफ्पीओ निष्कासन पछि इन्स्योरन्सको चुक्तापुँजी २ अर्व ४७ करोड ७१ लाख रुपैयाँ पुग्ने छ भने कम्पनीको सेयर संरचना पनि बदलिने छ । एफ्पीओ निष्कासन पछि ७० प्रतिशत सेयर संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुने छ ।
कम्पनीको १६औं साधरणसभाले अतिरिक्त निष्कासन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया