काठमाडौं । सरकारले बीमा समितको अध्यक्षमा चिरञ्जीवी चापागाईलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद्को गत विहिबार बसेको बैठकले उनलाई नियुक्त गरेपनि सोमबारमात्र सूचना सार्वजनिक गरेको हो ।
यसअघि रविन्द्र घिमिरे नियुक्त भएको सार्वजनिक भएको थियो ।
तर, प्रधानमन्त्री र अर्थमन्त्रीबिच घिमिरे र चापाँगाईमध्ये कसलाई नियुक्ती दिने भन्ने विषयमा विवाद भएको बुझिएको छ ।
बीमा समितिका तत्कालिन अध्यक्ष डा. फत्त बहादुर केसीको कार्यकाल गत पुस ७ गते सकिएको थियो । डा.केसीको कार्यकाल सकिए लगत्तै नयाँ अध्यक्ष नियुक्त गनु पर्नेमा सरकारले आन्तरिक समस्या देखाउदै ११ दिन पछि चापाँगाईलाई नियुक्त गरेको हो ।
चापाँगाई नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको निर्देशक हुन् । बैकिङ क्षेत्रमा २७ वर्ष अनुभव बोकेका उनी विमा विज्ञका रुपमा समेत चिनिन्छन् ।
अध्यक्षका लागि अर्थमन्त्री बहादुर महराले चापाँगाई सहित ३ जनाको नाम प्रस्ताव गरेका थिए । बिहिबार बसेको बैठकले गरेको निर्णयमा नेपाल सरकारका मूख्य सचिव सोमलाल सुवेदीले सोमबार मात्र निर्णय पुस्तिकामा हस्ताक्षर गरेको बताइएको छ ।
क्षमा याचना
यसअघि हाम्रो समाचार स्रोतले दिएको सूचना अनुसार घिमिरे नियुक्त भएको समाचार प्रकाशित गरेका थियौं । गलत सूचनाका कारण हाम्रा पाठक र सम्बन्धीत पक्षमा पर्न गरेको असरप्रति हामी क्षमा माग्न चाहान्छौं ।
प्रतिक्रिया