वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिबोर सोसाइटीलाई अन्तर्राष्ट्रिय पुरस्कार

अर्थटुडे
२०७३ पुष १९, मंगलवार

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । युरोप बिजनेश एसम्बली (इबीए) ले बैंकलाई बेस्ट इन्टरप्राइजेज अवार्ड प्रदान गरेको हो ।

यसैगरी इबीएले बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई मेनेजर अफ द इयरको समेत घोषणा गरेको छ ।

कुशल व्यवस्थापनबाट सर्वसाधारण जनतासम्म वित्तीय पहुँच पु¥याउन विशेष योगदान गरेको, अप्ठेरो परिस्थितिलाई समेत सजिलै व्यवस्थापन गरेको, सफल बजार रणनीतिद्वारा आपूmलाई बलियो रुपमा उभ्याउन सफल भएको लगायतका कारण बैंकलाई उत्कृष्ट घोषित गरिएको बताइएको छ ।

लण्डनको अक्सफोर्डमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई पुरस्कार प्रदान गरियो ।

विभोर सोसाइटी ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टरबाट सेवा दिइरहेको छ । बैंकको पुँजी १ अर्व ८२ करोड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ