काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल लाईफ इस्योरेन्सको एफपिओ (फरदर पव्लीक अफरिङ) लाई ग्रेड थ्री प्लस रेटिङ गरेको छ । कम्पनीले ४ अर्ब ४१ करोड २४ लाख ११ हजार ३२५ रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४ सय २९ कित्ता साधारण सेयर निश्कासन गर्न लागेको हो ।
इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भनेगे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले भने त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।
इक्राको रेटिङका आधारमा एनएलआइसीको सेयरलाई औसत मान्न सकिन्छ । लगानीकर्ताले प्रिमियम मूल्यमा खरिद गर्नुपर्ने भएकाले साधारण निश्कासनको तुलनामा यो सेयर बढी जोखिम रहेको छ ।
एक सय रुपैयाँ अंकित साधारण सेयरलाई १ हजार ३०० रुपैयाँ प्रिमियम थपेर १ हजार ४२५ रुपैयाँ तोकिएको छ ।
यसअघि नेपाल लाइफले साधारण सभाबाट पारित गरी एफपिओ निश्कासनका लागि बोर्डमा स्विकृती मागेको थियो । तर बोर्डले आफुखुशी मूल्य निर्धारण गरी मूल्य सार्वजनिक गरेपछि एफपिओ निश्कासनमा रोक लगाएको थिए ।
बोर्डले हालै एफपिओ जारी गर्नका लागि मापदण्ड बनाएको छ ।
कम्पनीले संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि उक्त एफपिओ जारी गर्न लागेको जनाएको छ ।
कम्पनीले एफिओबाट संकलन गरेको पुँजीमध्ये ३० करोड ९२ लाख ४२ हजारमात्र थपिनेछ । बाँकी रकम कम्पनीको संचित नाफामा जम्मा भई ४ अर्व ८२ करोड हुनेछ । यसबाट कम्पनीले बोनस सेयर मात्र वितरण गर्न पाउछ । यसैगरी कम्पनीको पुँजीसँगै कारोबार पनि विस्तार गर्नुपर्ने भएकाले नाफामा असर गर्नसक्छ ।
प्रतिक्रिया