वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिक लगानी कोषले सुरु गर्यो ‘सिआइटी मोवाइल एप’, कोषका कार्यक्रम अव हातमै

अर्थटुडे
२०७३ माघ १, शनिबार

काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा सूरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सिआइटी मोवाइल एपको सेवा सुरु गर्दे सचिव खनालले यसले सेवाग्रहीको समय बचत र प्रशाशनिक झन्भट हटाएको धारणा राखे । उनले कोषका सेवाग्रहीले सचेत भएर एप्सको अधिक प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष महाश्रम शर्माले कोष सेवाग्रहीको सुझाव अनुसार चल्ने संस्था भएको जिकिर गरे । उनले भने, ‘सेवा ग्राही जति चनाखो भएर लाग्छन, हामी त्यतिकै चनाखौ हुन्छौ ’। त्यसैगरी पश्चिमान्चल क्षेत्रिय प्रशाशक खगराज बरालले सूचना प्रबिधिको बर्तमान अवस्थामा कोषले आफुलाई पनि सोही रुपमा अघि बढानु सकारात्मक कार्य भएको धारणा राखे ।

उक्त अबसरमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले यो भन्दा अघि सिआइटी एसएमएस सेवा सुरु गरीसकेको बताउदै सिआटी मोवाइल एपको सेवाबाट कोषमा सहभागी सबै सेवाग्राहीले आफनो मोवाइलबाटै सबै जानकारी लिन सकिने धारणा राखे । कोषले आफनो सेवालाई सूचना मैत्री बनाउदै लगेको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने उनको भनाई थियो ।

कोषका सूचना अधिकृत उद्धव सिलवालले कोषले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु कर्मचारी बचतबृद्धि स्विकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना,शसस्त्र प्रहरीे र नार्क सावधिक जीवन वीमा अन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट र ऋण सापटि तथा बचत रकमको स्टेटमेन्ट सिआइटी मोवाईल एपमार्फत हेर्न सकिने ब्यवस्था मिलाएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ