काठमाडौं । नेपाल बैंकले साधारणसभाबाट पारित भएको हकप्रद सेयर निश्कासनका लागि विक्री प्रवन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । बुधबार भएको यससम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह तथा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरे ।
बैंकको ५६ औं वार्षिक साधारण सभाले १०० कित्ता सेयर बराबर २३.७४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल ६ अर्ब ५० करोड पुँजी रहेको बैंकको सेयर निष्काशन पश्चात पुँजी ८ अर्ब ४ करोड पुग्नेछ । बैंकको कुल पुँजीको ६२.२१ प्रतिशत सरकारको र बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको सेयर स्वामित्व रहेको छ ।
प्रतिक्रिया