वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्मचारी फेरेर एयरपोर्टको भन्सार चुस्त वनाउ : अर्थमन्त्री

अर्थटुडे
२०७३ माघ ६, बिहीबार

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सारका पुरै कर्मचारी फेरेर भए पनि व्यवस्थापन चुस्त बनाउन निर्देशन दिएका छन् । भन्सारका कर्मचारीको सेटिङमा तस्करीलाई सहयोग गरिरहेको गुनासोपछि अर्थमन्त्रीले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

एयरपोर्ट भन्सारमा वर्षैदेखि एउटै कर्मचारी बसेको भन्दै कर्मचारीलाई एक वर्षमा फेर्न पनि मन्त्रीले निर्देशन निर्देशन दिएको सचिवालयले जनाएको छ ।

आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भए पनि भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले निर्देशन दिए ।

भेटमा महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्युटीमा रहेका कर्मचारीहरुलाई तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ