वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

३४ बैंकका १७३४ शाखाबाट आस्वामार्फत सेयर आवेदन दिन पाइने

अर्थटुडे
२०७३ माघ ९, आईतवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माघदेखि लागू गरेको आस्वा (एप्लिकेशन सर्पोट बाइ ब्लक्ड एमाउन्ड) प्रणाली ३४ बैंकका एक हजा ७३४ शाखामार्फत प्रयोग गर्न सकिने भएको छ । हालसम्म ३४ वटा बैंकहरुले ती शाखाबाट आस्वा सेवा दिनका लागि अनुमति पाएको बोर्डले जनाएको छ ।

सेयर आवेदनलाई सजिलो र सहज बनाउनका लागि बोर्डले यो प्रणाली सुरु गरेको हो । यसअन्र्तगत सर्वसाधारणले जति रकमको सेयर आवेदन दिइएको छ, त्यति रकम आवेदकको खातामै ‘रोक्का’ राख्ने र बाँडफाँडपछि जति रकमको सेयर पर्छ, त्यति रकम खाताबाट कटौति गर्ने र खाता फुक्का हुने गर्छ ।

बोर्डले माघ १ गतेदेखि नै यो प्रणाली लागू गरेपछि यसको पहिलो प्रयोग आजदेखि बिक्री खुल्ला भएको फरवार्ड माइक्रोफाइनान्सको सेयरमा गरिएको छ ।

यो प्रणाली लागू भएपछि लगानीकर्ताहरु सेयरमा आवेदन दिन बिक्री प्रवन्धक वा उसले तोकेको काउन्टर पुग्नु पर्दैन । आफ्नो खाता भएको बैंकमार्फत आवेदन दिन सकिनेछ । आवेदनमा माग गरिएको सेयरवापतको रकम भने लगानीकर्ताको बैंक खातामा हुनुपर्नेछ। निश्चित रकम ब्लक गर्नका लागि तोकिएको ढाँचामा आवेदकले बैंकमा फारम भर्नुपर्ने व्यवस्था छ ।

यो सेवा लिदा बैंकहरुलाई एक सय रुपैयाँ शुल्क लिन्छन् । आस्वा प्रणालीले सेयरमा आवेदन दिन तथा सेयरमा नपरेको रकम फिर्ता लिन पनि लाइन बस्नु पर्ने बाध्यता पनि हटेको छ ।

आस्वाको सेवा पाइने बैंकहरु यी हुन्:

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ