काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको दोसो त्रैमासमा ३७ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको सोही अबधिको तुलनामा झण्डै ६६ प्रतिशतले बढी हो । बैकले अघिल्लो वर्षको सोहि अवधिमा २२ करोड ३५ लाख मात्र खुद नाफा गरेको थियो । व्याज आम्दानीमा भएको बृद्धिका कारण बैंकको खुद नाफामा बृद्धि भएको हो । बैंकले व्याज आम्दानीबाटै ७७ करोड ४० लाख रुपैयाँ कमाएको छ ।
बैंकले दोस्रो त्रैमासमा ३८ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब १ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको हाल ४ अर्ब १ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडाकोषमा १ अर्ब ३० करोड ७६ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा शुन्य दशमलव ६७ प्रतिशत रहेको छ भने बैंकको प्रतिशेयर आम्दानी ९ दशमलव २४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ सय ३२ दशमलव ५९ रुपैयाँ रहेको छ ।
त्यस्तै प्राइम कमर्सियल बैंकले पनि दोस्रो त्रैमासमा ५५ करोड कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत भन्दा बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड मात्र कमाएको थियो ।
बैंकले ५५ अर्व निक्षेप संकलन गरी ४६ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा १.३६ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ । बैंकको हाल ४ अर्व ९४ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।
प्रतिक्रिया