वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बंगलादेश बैंकले पहिलो ६ महिनामा कमायो ५४ करोड ६ लाख

अर्थटुडे
२०७३ माघ १०, सोमबार

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही वर्षको तुलनामा ५० प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोही अवधिमा ३६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले यस अवधिमा खराव कर्जालाई ०.९९ प्रतिशतमा झारेको छ भने ६ करोड ९० लाख रुपैयाँ निष्कृय कर्जा असुल गरेको छ ।

बैंकको चुक्तापुजी चार अर्व रुपैयाँ रहेको छ । बैंकले गतबर्षको मुनाफबाट ३२ प्रतिशत बोनस बाँडेर चुक्तापूँजी बढाएको हो । बैंकले आठ अर्ब चुक्तापुँजी पुर्याउन ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ ।

पहिलो ६ महिनामा बैंकले ४१ अर्ब निक्षेप संकलन गरेर ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ देखाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ