वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरबीबी र एनआइडिसि मर्ज हुने, अर्थमन्त्री महराले भने,‘आगामी बैठकमा मर्ज सम्बन्धी निर्णय हुन्छ’

अर्थटुडे
२०७३ माघ १०, सोमबार

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसि डेभलपमेन्ट बैंक मर्ज हुने निश्चित भएको छ । आगामी बस्ने मन्त्रीपरिषद् बैठकले दुवै सरकारी बैंकलाई मर्ज गर्ने निर्णय गर्नेछ । पटक पटक यी दुई सरकारी बैंकविच मर्जका कुराहरु बाहिर आएपनि अझैसम्म एक आपसमा मर्ज हुन सकेका छैनन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दुवै सरकारी स्वामित्वका बैंकहरु मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा आफूले हस्ताक्षर गरिसकेको बताए ।

सोमबार राष्ट्रिय बाणिज्य बैंकको ५२ औ बार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री महराले भने, ‘आगामी बस्ने मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसि डेभलपमेन्ट बैंकविच मर्जर गर्ने निर्णय गर्ने छ ।‘

उपप्रधानमन्त्री महराले दुवै बैंकहरुविचको मर्जर प्रकृया अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । उनले दुवै बैंक सरकारको पूर्ण स्वामित्वमा रहेको र एनआइडिसि बाणिज्य बैंकमा मर्ज गराएर बाणिज्य बैंकलाई अझ शसक्त्त रुपमा अगाडी बढाउन लागिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ