काठमाडौं । हीराका गहनामा प्रख्यात तिसा जेवेल्स प्रा. लि.ले तिसा गोल्ड तथा ‘बिइङ्ग ह्युमन’ ज्वेलरी नेपाली बजारमा ल्याएको छ । राजधानीमा आयोजित एक विशेष कार्यक्रममा उक्त ब्रान्डका सुन तथा हीराका गहनाको शुभारम्भ गरिएको हो ।
केहि वर्ष अघिमात्र स्थापना भएको तिसा जेवेल्सले देशभर ५० भन्दा बढी ठाउँमा वितरण संजाल पु¥याउनुका साथै परम्परागत तरिकाले चलिरहेको नेपाली गहना बजारलाई पृथक र व्यवस्थित तरिकाले अगाडी बढाउन प्रयास गर्दै आइरहेको छ ।
नेपाली गहना बजारको शुद्दता र गुणस्तरको मागलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित हलमार्क भएका गहनाहरुमात्र बजारमा बिक्रि वितरण गर्दै आइरहेको कम्पनाीले दावी गरेको छ ।
तिसा जेवेल्सले विभिन्न हिरा सम्बन्धी ज्ञान र यसमा भएका विशेषताहरु जस्तै कट, कलर, क्लारिटी, क्यारेटको बारेमा पनि सम्पूर्ण ग्राहकवर्गलाई सुसूचित गराउदैं अन्तराष्ट्रियस्तरकै डिजाइन उपलव्ध गराउने प्रतिबद्धता लिएको छ ।
अहिलेको बजारको माग र ग्राहकहरुको रुचिको ख्याल गर्दै युरोपियन डिजाइनका गहनाहरु स्वचालित प्रविधिबाट उत्पादन गरी नेपाली बजारको मागलाई पूरा गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली गहनाहरुको पहुँच विस्तार गर्न तिसा सफल हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया