वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा गयो ठूलो पहिरो, बजार १३ सयमा

अर्थटुडे
२०७३ माघ १२, बुधबार

काठमाडौं । बुधबार सेयर बजार परिसुचक (नेप्से)मा ठूलै पहिरो गयो । यसदिन नेप्से परिसुचक ३६.३८ अंकले ओरालो लागेर १३९६.६१ अंकमा अडिएको छ । मंगलबार नेप्से २५ अंकले ओरालो लागेको थियो । केहीदिन स्थिर जस्तै देखिएको नेप्सेमा मंगलबार र बुधबार ठूलै पहिरो गएको छ ।

विभिन्न कम्पनीहरुले जारी गरेको साधारण सेयर, एफपीओ र हकप्रद सेयरका कारण लगानीकर्ताहरुको आकर्षण दोस्रो बजारतर्फ नदेखिएको सेयर बजार विष्लेषकहरु बताउँछन् ।

बजार विष्लेषकहरुका अनुसार बजारमा तरलता अभाव हुदा बैंक तथा वित्तिय संस्थाहरुले व्याज बढाउन थालेका छन् भने लगानीकर्ताहरुलाई मार्जिन कल आउन थालेको छ जसले गर्दा लगानीकर्ताहरु आफुसँग भएको सेयर बेचेर रकम जम्मा गर्नतर्फ लागेका छन् । यसैको असर बजारमा परेको हो ।

यसदिन सम्पुर्ण समूहगत उपसुचकहरु पनि ओरालो लागेको छ । बुधबार बैकिङ ३६.१४, होटल ५८.५६, विकास बैंक २९.२६, जलविद्युत ५१.४९, फाइनान्स २४.९९, विमा २६७.४१ र अन्य २.३१अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसुचक भने १२.६१ अंकले बृद्धि भएको छ ।

बुधबारसवैभन्दा बढी कारोबार हुनेमा प्रभु बैंक लिमिटेडको प्रमोटर सेयर करोड, नेपाल लाइफ इन्सुरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक,प्रभू बैंक लिमिटेड लगायतका कम्पनीहरु रहेका छन् ।

त्यस्तै सवैभन्दा बढी कमाउनेहरुमा गरिमा विकास बैंक, युनिलिभर, कुमारी बैंक, एनएमवी माइक्रोफाइनान्स वित्तिय संस्था , तनहु डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताहरु रहेका छन् भने गुमाउनेहरुमा राष्ट्रिय विमा कम्पनी, नेरुडे लघुवित्त विकास बैंक, बरुण हाइड्रोपावर ,सगरमाथा फाइनान्स लगायतका लगानीकर्ताहरु रहेका छन् ।
दिनभर १३५ कम्पनीको ५९ लाख २८ हजार रुपैयाँ बराबरको १७ लाख कित्ता सेयर विक्रि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ