काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ३९ लाख रुपैंया खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १६ करोड खुद नाफा गरेको थियो ।
बैंकले जगेडा कोषमा ८३ करोड ५९ लाख रुपैयाँ राखेको छ भने ५१ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकले यस अवधिमा ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २९ अर्ब एक करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ४७ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ६६ पैसा रहेको छ ।
राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि बैंक मर्जरमा जाने तयारी गरिरहेको छ । बैंकले गत आर्थिक वर्षमा नौ प्रतिशत बोनस तथा ३० प्रतिशत हकप्रद निष्काशन गरेर अर्ब ६८ करोड रुपैंया चुक्तापुँजी पुर्याएको छ ।
प्रतिक्रिया