वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारलाई नै प्रभाव पार्न सक्नेगरी एनआइसीको दुई करोड २० लाख कित्ता सेयर लिलामीमा

अर्थटुडे
२०७३ माघ २६, बुधबार

काठमाडौं । सेयर बजारलाई प्रभाव पार्न सक्ने गरी बजारमा एनआइसी एसियाले दुई करोड २० लाख कित्ता भन्दा बढी सेयर लिलामी गर्ने भएको छ । एनआइसी एसिया बैंकले आफ्नो नाममा रहेको विभिन्न आठवटा सामुहिक लगानी कोष र नेसनल लाइफ इन्सुरेन्सको सेयर तीन दिन भित्र लिलामी गर्ने भएको हो ।

यो सेयर बजारमा लिलामीको हुने भएपछि सेयर बजारमा निक्कै ठूलो प्रभाव पर्न सक्ने विष्लेषण गरीएको छ । एनआइसी एसिया बैंकले बुधबार सेयर लिलामीको सुचना जारी गरी सो परिणामको सेयर व्यक्ति तथा संस्थाहरुले किन्न सक्ने समेत जनाएको छ ।

लिलाममा आएको मध्ये लक्ष्मी भ्यालु फण्ड १ को दुई लाख ४३ हजार ५१ ईकाई, एनाआईबीएल सम्बृद्धि फण्ड १ को ५८ लाख ४६ हजार ८१०, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को ३५ लाख २० हजार ६१९, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ १ को दुई लाख ४८ हजार २००, सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको ५६ लाख ७५ हजार ६०७, ग्लोबल आईएमई समुन्नत स्किम १ को ३७ लाख ६७ हजार २६८, एनएमबी हाईब्रिड फण्ड १ को १२ लाख ६१ हजार ९०१ र नबिल इृक्विटिी फण्डको ८ लाख ६८ हजार ४ ईकाई छ । यी ईकाईहरुको प्रति ईकाई मूल्य १० रुपैयाँ वा सो भन्दा माथिको मूल्यमा बजारमा किनबेच भईरहेको छ ।

एनआइसी एसियाले न्युनतम मूल्य १० रुपैयाँ भन्दा बढीमा किन्न सक्नेछन् । बैंकले नेशनल लाईफको ६५ हजार कित्ता संस्थापक सेयर विक्रिको लागि भने लगानीकर्ताले धेरै रकम खर्च गर्नुपर्ने छ । हाल नेशनल लाइफ इन्सुरेन्सको बजार मूल्य प्रति कित्ता १६६८ रहेको छ । लिलाम गर्न चाहनेले बजारमुल्य भन्दा बढी नै रकम राख्नु पर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ