काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको २१ प्रतिशतले बढी हो । स्टान्डर्ड चार्टर्डका आधारभुत सूचकहरु भने बलिया देखिन्छ ।
बैंकले यसअवधिमा ६१ अर्व ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३५ अर्व १० करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । त्यस्तै बैंकले निस्क्रिय कर्जा घटाएर ०.२६ मा झारेको छ भने बिदेशी मुद्राको कारोबारबाट ३२ करोड रुपैयाँ कमाएको छ ।
त्यस्तै बैंकको जगेडाकोष ४ अर्व ५१ करोड रहेको छ । बैंकको चुक्तापुँजी भने ३ अर्व ७४ करोड मात्र रहेको छ ।
बैंकले चुक्तापुँजी आठ अर्व पुर्याउनको लागि फागुनमा २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ पनि निष्काशन गदैछ ।
बैंकको प्रतिसेयरर आम्दानी भने घटेर ३९ रुपैयाँमा आइपुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया